काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा १ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवको साउन महिनामा १ खर्ब ३७ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा रेमिट्यान्स १८ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।
त्यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३६,९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२,६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३९,१५२ र १६,४२३ रहेको थियो ।
प्रतिक्रिया