Logo

अर्थनीति

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब पुग्यो


GDP नेपाल
   १० आश्विन २०८१, बिहिबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले साउन महिनासम्म १५ अर्ब ५८ करोड डलर सञ्चिति रहेको विवरण सार्वजनिक गरेको छ । 

गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०८१ साउन मसान्तमा २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १८ खर्ब ८३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड थियो । नेपाल राष्ट्र बैंकबाहेक अन्य वित्तीय संस्थासँग २ खर्ब ८ अर्ब ७९ करोड रहेको छ । 

कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२।६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६।७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको भनाइ छ । 

प्रकाशित : १० आश्विन २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह