Logo

बैंक / बिमा /शेयर

रु रु जलविद्युतको लाभांश घोषणा, ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने


GDP नेपाल
   १३ आश्विन २०८१, आइतबार


काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ ।


उक्त प्रस्ताव पारित गर्न रु रुले कात्तिक ११ गते साधारण सभा बोलाएको छ । सभा लिसारा ब्यांकेट, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।


साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज ३० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज २९ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न र सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित : १३ आश्विन २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह