काठमाडौं । कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले ३५ हजार ५३४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनी, अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् ।
आवेदकले प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । संस्थापक सेयरको प्रतिकित्ता भाउ १०० रुपैयाँ तोकिएको छ । यसमा असोज २१ गतेसम्म आवेदन दिन सकिनेछ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।
यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
प्रतिक्रिया