Logo

बैंक / बिमा /शेयर

आईएमई लाइफ इन्स्योरेन्सको ‘भाग्यशाली उपहार योजना’ कार्यक्रम सम्पन्न


GDP नेपाल
   १८ आश्विन २०८१, शुक्रबार


काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भाग्यशाली उपहार योजना कार्यक्रम समपन्न भएको छ ।

यही असोज १६ गते कम्पनीको केन्द्रिय कार्यालयबाट आयोजित कार्यक्रममा जुम मीट मार्फत प्रत्यक्ष प्रसारण गरी देशभरिका अभिकर्ता, ग्राहक र कर्मचारीको उपस्थितिमा बिजेताको नाम घोषणा गरेको हो ।

उक्त योजना अन्तर्गत १५ जनालाई सान्त्वना पुरस्कारमा विद्युतिय हिटर, तेश्रो पुरस्कारमा ५ ग्राम सुन, दोश्रो पुरस्कार आई फोन १३ र प्रथम पुरस्कार अन्तर्गत १२५ सीसीको हिरो मोटरसाइकल प्रदान गरिएको छ ।

साथै आगामी दिनमा पनि अभिकर्ताको मनोबल उच्च राख्न र काममा प्रेरित गर्न यस्ता किसिमका उपहार कार्यक्रम आयोजना गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

प्रकाशित : १८ आश्विन २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह