काठमाडौं । एल.सी. इनर्जी लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । यसका लागि कम्पनीले आइपीओ प्रस्तावसहित कात्तिक १२ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा, कम्पनीको रजिष्टार्ड कार्यालय, बुद्धनगर, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ । साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
प्रतिक्रिया