Logo

बैंक / बिमा /शेयर

आइपीओ जारी गर्ने प्रस्तावसहित सानिमा लिमिटेडले बोलायो साधारण सभा


GDP नेपाल
   २१ आश्विन २०८१, सोमबार


काठमाडौं । सानिमा लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । सभा, यस कम्पनीको रजिष्टार्ड कार्यालय, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सेयरधनीलाई ७५.७४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि पेश हुनेछ ।


सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा छन् ।

प्रकाशित : २१ आश्विन २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह