Logo

अर्थनीति

पूर्वअर्थसचिव खनालको नेतृत्वमा आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन


GDP नेपाल
   २२ आश्विन २०८१, मंगलबार


काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारका पूर्व अर्थसचिव रामेशवर खनालको संयोजकत्वमा विज्ञहरुको पाँच सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

उनले भने,‘मूलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारको लागि राय सहितको प्रतिवेदन पेश गर्न पूर्व सचिव रामेशवर खनालको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने निर्णय भएको छ । ’

आयोगका सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा.रामप्रसाद ज्ञवाली, अर्थविद् डा.विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा.कल्पना खनाल रहेका छन् । आयोगले आवश्यकता अनुसार निजी क्षेत्र लगायत अर्थतन्त्रका विविध पक्षहरुसँग परामर्श समेत गर्नेछ ।

यस्तै चालु आर्थिक वर्ष २०८१/८२ का लागि कृषि तथा पशुपंछी मन्त्रालय अन्र्तगत विभिन्न आयोजना र निकायकालागि कुल २ सय ६६ राजपत्राङकीत पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने पनि निर्णय भएको छ । गत वर्ष २ सय ७८ रहेको थियो ।

प्रकाशित : २२ आश्विन २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह