Logo

अर्थनीति

विश्व बैंकले नेपाललाई २० अर्ब दिने, प्राकृतिक विपत्तिमा खर्च गर्न सकिने


gdpnepal
   २३ आश्विन २०८१, बुधबार


वासिङ्टन । विश्व बैंकले नेपाललाई २० अर्ब रुपैयाँभन्दा बढीको सहयोग गर्ने भएको छ । प्राकृतिक तथा जलवायु प्रेरित विपत्तिमा खर्च गर्न सकिने गरी १५० मिलियन डलर (२० अर्ब १९ करोड रुपैयाँ) बराबरको आकस्मिक कर्जा स्वीकृत गरिएको विश्व बैंकले जनाएको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालमा प्राकृतिक वा जलवायु–प्रेरित खतरा वा स्वास्थ्य आपतकालिन अवस्थामा प्रयोग गर्न नेपाल सरकारको लागि यो रकम प्रदान गर्ने भएको हो ।

नेपाल डिजास्टर रेजिलेन्स डेभलपमेन्ट पोलिसी क्रेडिट विथ क्यास्टास्ट्रोफ डिफर्ड ड्राडाउन विकल्प (क्याट डीडीओ) अपरेसनले प्रकोप प्रतिरोधात्मक क्षमता बढाउन नीति र नियामक सुधारहरूलाई सहयोग गर्ने भएको हो ।

प्रभावकारी विपद् प्रतिक्रियाको लागि संस्थागत संयन्त्रहरूलाई बलियो बनाउने यसले सरकारलाई प्रारम्भिक चेतावनी प्रणालीमा सुधार गर्न र जोखिम न्यूनीकरणका लागि आवश्यक नीतिहरू तर्जुमाका लागि सहयोग गर्नेछ ।

यस्तै, संस्थाहरू र नियामक ढाँचाहरू निर्माण गर्न र महत्वपूर्ण पूर्वाधारहरूमा जोखिम सूचित लगानीका साथै सार्वजनिक स्वास्थ्य आपतकालिनहरूका लागि तयारी बढाउन मद्दत गर्ने विश्व बैंकले जनाएको छ ।

क्याट डीडीओ मार्फत आकस्मिक वित्तपोषण, जसले प्रकोप पछि तत्काल तरलतामा पहुँच प्रदान गर्दछ, सरकारलाई विपद् प्रतिक्रिया र पुनः प्राप्तिको लागि आफ्नो दृष्टिकोणमा थप एउटा उपकरण प्रदान गर्ने विश्व बैंकको भनाई छ ।


“हालैका हप्ताहरूको बाढीले देखाएको छ, नेपालले प्राकृतिक र जलवायु–प्रेरित खतराहरू र स्वास्थ्य आपतकालिनहरूको बहुसंकटको सामना गरिरहेको छ, जसले देशलाई गम्भीर आर्थिक झट्काको बढ्दो जोखिममा पारेको छ,” विश्व बैंक क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले भने, “बढ्दो जोखिमहरू विरुद्ध लचिलोपन निर्माण गर्न सरकारको सुधारहरूलाई समर्थन गर्दछ र समयमै र प्रभावकारी प्रतिक्रिया सुनिश्चित गर्न विपद् वा सार्वजनिक स्वास्थ्य आपतकालिन पछि तुरुन्तै पहुँच गर्न सकिने क्रेडिट लाइन प्रदान गर्दछ ।”

 

प्रकाशित : २३ आश्विन २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह