Logo

मुख्य समाचार

आज विजया दशमी: टीकाको उत्तम साइत बिहान ११:३६ बजे


gdpnepal
   २६ आश्विन २०८१, शनिबार


काठमाडौं । यसपालिको नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत विजया दशमी आगामी असोज २६ गते शनिवारका दिन बिहान ०८ बजेर ३३ मिनेटमा नवदुर्गा पूजा विसर्जन गरिसकेपछि साइत खोजेरै टीका लगाउनेहरूका लागि माता दुर्गाभवानीको प्रसाद टिका र जमरा ग्रहणगर्ने उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । 

यस दिन पूर्व फर्किएर दुर्गाभवानीको प्रसाद आफ्नो मान्यजनका हातबाट टिका र जमरा ग्रहण गर्ने र पश्चिम फर्किएर टीका लगाइदिने व्यक्तिले आशीर्वाद दिए सुख, शान्ति, ऐश्वर्य, यश, कृति, लाभ, विजय, आयु, सुस्वास्थ्य तथा मनोकामना पूर्ण हुने शास्त्रोक्त कथन रहेको छ । शास्त्रीय मान्यता अनुसार यो पनि भनिएको छ कि, सर्व साधारण मानिसलाई टीका र प्रसाद ग्रहण गर्न साइत चाहिँदैन ।

विजयादशमीको दिन देश, काल र परिस्थिति अनुसार जतिबेला पनि माता दुर्गाभवानीको प्रसाद टिका र जमरा ग्रहण गर्न सकिनेछ यो प्रसाद विजया दशमी देखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ । 

त्यसअघि असोज १७ गते बिहीबारका दिन घटस्थापनाको शुभ साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको छ । यो शुभ मुहूर्तमा स्थापना गरिएको कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहन गरी नवरात्र भरी माता दुर्गाजीको भिन्नभिन्न स्वरूपको पूजा अर्चना गर्ने गरिन्छ, घटस्थापनाको दिन शुभ साइत बिहानै भएपनि श्रद्धा एवं भक्तिले दिनभरिनै आफ्नो कुलाचार र परम्परा अनुसार घटस्थापना गरी जमरा राख्न सकिनेछ ।

 

प्रकाशित : २६ आश्विन २०८१, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह