Logo

मुख्य समाचार

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई


GDP नेपाल
   २९ आश्विन २०८१, मंगलबार


अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार अमेरिकाका तीन अर्थशास्त्री डारोन एसेमोग्लु, साइमन जोन्सन र जेम्स रोबिन्सनलाई प्रदान गरिएको छ ।

विभिन्न राष्ट्रहरू बीचको सम्पत्ति असमानतामा काम गरेबापत तीन अर्थशास्त्रीलाई संयुक्त रुपमा नोबेल पुरस्कार प्रदान गरिएको हो।

नोबेल समितिका अनुसार सो अध्ययनले कानुनको कमजोर शासन र जनसंख्याको शोषण गर्ने संस्थाहरूले किन वृद्धि वा सुधार गर्न सक्दैनन् भनेर देखाउन मद्दत गरेको छ।

एसेमोग्लु र जोनसन म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रोफेसर हुन्, जबकि रोबिन्सन उप-सहारा अफ्रिका र ल्याटिन अमेरिकाको अर्थतन्त्रमा विशेषज्ञता भएको ग्लोबल कन्फ्लिक्ट्सको अध्ययन र समाधानका लागि शिकागो विश्वविद्यालयको पियर्सन संस्थानका निर्देशक हुन्।

एसेमोग्लु र रोबिन्सनले सन् २०१२ मा“Why Nations Fail: The Origins of Power, Prosperity, and Poverty,”नामक पुस्तक लेखेका थिए ।

आधिकारिक रूपमा अल्फ्रेड नोबेलको सम्झनामा आर्थिक विज्ञानमा स्वेरिजेस रिक्सब्याङ्क पुरस्कारू भनिने पुरस्कारका विजेताहरूले स्विडेनी केन्द्रीय बैंकबाट ११ मिलियन स्वीडिश क्रोनर प्राप्त गर्नेछन्। पुरस्कारको रकम विजेताहरू बीच समान रूपमा बाँडिने समितिले जनाएको छ ।

प्रकाशित : २९ आश्विन २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह