Logo

बैंक / बिमा /शेयर

अपरिचित स्रोतबाट आएका सन्देशलाई बेवास्ता गर्न राष्ट्र बैंकको आग्रह


GDP नेपाल
   २९ आश्विन २०८१, मंगलबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले अपरिचित स्रोतबाट आएको सन्देशलाई बेवास्ता गर्न अनुरोध गरेको छ ।

वित्तीय कारोबार गर्दा सुरक्षा तथा सजगता अपनाउन आग्रह गर्दै राष्ट्र बैंकले अपरिचित स्रोतबाट आएका कुनै पनि सन्देशलाई बेवास्ता गर्न अनुरोध गरेको हो ।

पछिल्लो समय अनलाइन बैंकिङसँगै ठगीका नयाँनयाँ स्वरुपहरु बढिरहेको भन्दै बैंकलेअपरिचित व्यक्ति तथा नम्बरबाट ह्वाट्स एप, भाइवर म्यासेन्जर जस्ता मोबाइल एप वा इमेल, फोन तथा मोबाइलको म्यासेजमा, विभिन्न किसिमका चिठ्ठा परेको, धन सम्पत्ति वा सुन, महङ्गो मोबाइलजस्ता पुरस्कार जितेको भन्दै आउने म्यासेजलाई बेवास्ता गर्न आग्रह गरेको हो ।


त्यस्तै बैंकले विदेशबाट पार्सल आएको, पैसा पठाए दोब्बर फिर्ता पाइने, विदेशबाट एपमा पैसा आइसकेको छोटो समयमै धेरै फाइदा हुने योजनाहरु जस्तै क्रिप्टोकरेन्सी,फोरेक्स आदिमा लगानी गर्ने वा अनलाइन बेटिङजस्ता योजनाहरु उपलब्ध रहेको जस्ता सन्देशहरु तथा भिडियोहरु प्राप्त भएमा सजग रहन अनुरोध गरेको छ ।

सूचनामा भनिएको छ, ‘अपरिचित स्रोतबाट आएका यस्ता कुनै पनि सन्देशलाई बेवास्ता गर्नु नै वुद्धिमानी हुन्छ । कहिलेकाहीँ परिचित व्यक्तिको ह्वाट्स एप तथा म्यासेन्जरबाट समेत विभिन्न बनावटी प्रयोजन देखाइ केही रकम सापटीको रूपमा खाता वा मोबाइल वालेटमा पठाइदिनु भन्दै क्युआर कोड समेत प्राप्त हुनसक्छ । त्यस्ता सन्देश सम्बन्धित व्यक्तिबाट नै आएको हो होइन यकिन गरेर मात्र रकम पठाउने निर्णय लिनुपर्दछ ।’

प्रकाशित : २९ आश्विन २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह