Logo

अर्थनीति

भदौमा भित्रियो एक खर्ब २६ अर्ब रेमिट्यान्स


GDP नेपाल
   २९ आश्विन २०८१, मंगलबार


काठमाडौँ । चालु आर्थिक वर्षको भदौ महिनामा १ खर्ब २६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौमा मात्रै १ खर्ब २६ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

यसअघि साउन महिनामा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो । योसँगै दुई महिनामा रेमिट्यान्स आप्रवाह २ खर्ब ६३ अर्ब १४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

यो अवधिमा भएको आप्रवाह अघिल्लो आर्थिक वर्षको दुई महिनामा भएको रेमिट्यान्स आप्रवाहको तुलनामा २२.८० प्रतिशत बराबर हो ।
त्यसमध्ये डलरमा आएको रेमिट्यान्स १ अर्ब २ करोड रुपैयाँ बराबर रहेको रिपोर्टमा उल्लेख छ ।

दुई महिनाको अवधिमा मात्रै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २२ हजार ६४७ रहेको छ ।
श्रम स्वीकृति लिनेको सङ्ख्या घटे पनि यो अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या श्रम स्वीकृति लिनेको सङ्ख्या ३९ हजार १५२ हुँदा पुनः श्रम स्वीकृति लिने १६ हजार ४२३ थिए ।

प्रकाशित : २९ आश्विन २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह