काठमाडौं । कात्तिक महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् ।
कात्तिकमा १० वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका छन् भने नौ बैंकको ब्याजदर स्थिर रहेको छ । सानिमा बैंकले भने कात्तिकका लागि ब्याजदर बढाएको छ ।
बैंकहरूले कात्तिकका लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.१४ प्रतिशत छ । सबैभन्दा धेरै ब्याजदर एनआइसी एशिया बैंकले दिने भएको छ । बैंकले ६.९९ प्रतिशतसम्म ब्याज दिने भएको हो ।
प्रतिक्रिया