Logo

बैंक / बिमा /शेयर

साढे २३ अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार, आजै बोलकबोल


GDP नेपाल
   ५ कार्तिक २०८१, सोमबार


काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले साढे २३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गनर्ने भएको छ । कार्यालयले २३ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलका लागि बोलकबोल खुलाएको हो ।

सोमबार २८ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको नयाँ तथा १८ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो ।

यस्तै, ९१ दिन अवधिको १० अर्ब ४९ करोड, १८२ दिन अवधिको ६ अर्ब तथा ३६४ दिन अवधिको २ अर्ब रुपैयाँ बराबरका ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो । बोलकबोलमा आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ ।

प्रकाशित : ५ कार्तिक २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह