काठमाडौँ । बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ ।
हाइड्रोपावरले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।
हाल एक अर्ब ८२ करोड रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद सेयर निष्कासन पछि चुक्ता पुँजी तीन अर्ब ६४ करोड रूपैयाँ पुग्ने छ।
प्रतिक्रिया