Logo

बैंक / बिमा /शेयर

तीन महिनामा वाणिज्य बैंकहरुले कमाए १६ अर्ब नाफा, कुनको कति ?


GDP नेपाल
   ७ कार्तिक २०८१, बुधबार


काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा बैंकहरुले १६ अर्ब १८ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

गत वर्षको यसै अवधिको तुलनामा बैंकहरुको नाफा २०.१८ प्रतिशतले बढेको छ । गत वर्षको यसै अवधीमा बैंकहरुले १३ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएका थिए ।

तथ्याङ्क अनुसार सबैभन्दा धेरै मुनाफा कमाउने बैंकमा नबिल बैंक सबैभन्दा अगाडि रहेको छ । नबिल बैंकले यस अवधिमा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

त्यसैगरी, ग्लोबल आइएमई बैंकले १ अर्ब ५१ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब ४६ करोड, प्राइम कर्मसियलले १ अर्ब २८ करोड, एनइमबिले १ अर्ब १४ करोड, एभरेष्ट बैंकले १ अर्ब १२ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र प्रभुले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

प्रकाशित : ७ कार्तिक २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह