काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से १४.४३ अंकले घटेर दुई हजार ६७७.६२ विन्दुमा पुगेको छ ।
आज बैंकिङ ११, विकास बैंक २३, फाइनान्स ३५, हाइड्रोपावर ११, जीवन बीमा १३१, उत्पादन ६८, माइक्रोफाइनान्स ७ र अन्य उपसमूह १५ अंकले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन १६१, निर्जीवन बीमा ६५ र ब्यापार उपसमूह ११ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्स र लाइफ इन्सुरेन्स कर्पोरेशन नेपालको सेयर झन्डै पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज गुराँस लघुवित्त, मिड सोलु हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३०५ कम्पनीको एक करोड २० लाख कित्ता सेयर ५ अर्ब ९५ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया