Logo

बैंक / बिमा /शेयर

लाभांश प्रस्तावसहित ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा


GDP नेपाल
   २० कार्तिक २०८१, मंगलबार


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले साधारण सभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव पारित गर्न मंसिर २७ गते वार्षिक साधारण सभा बोलाएको हो ।

सभा नेपाल प्रज्ञा(पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा बैंकले ५.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।


सभा प्रयोजनका लागि यस बैंकले मंसिर ९ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । मंसिर ८ गते शनिबार र मंसिर ७ गते शुक्रबार परेको हुँदा त्यसदिन सेयर बजार बन्द हुन्छ । तसर्थ, मंसिर ६ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

प्रकाशित : २० कार्तिक २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह