Logo

मुख्य समाचार

रवि लामिछानेलाई थप १० दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतको अनुमति


gdpnepal
   २० कार्तिक २०८१, मंगलबार


पोखरा । सहकारी ठगी अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक एवं सभापति रवि लामिछानेलाई थप १० दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतले तेस्रोपटक म्याद थप गर्दै १० दिनका लागि थुनामै राख्न प्रहरीलाई अनुमति दिएको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविमाथि थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । यद्यपि, जिल्ला सरकारी वकिल कार्यालयले २५ दिन म्याद थप गर्न अनुमति मागेको थियो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो । म्याद कात्तिक १४ गते सकिएपनि तिहार बिदा भएकाले आज म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।

अदालत वरपर आन्दोलन गरिरहेका रास्वपा कार्यकर्ता भने अदालतको आदेशपछि निराश भएका छन् । रविलाई आज म्याद थप नहुने अपेक्षा उनीहरुको थियो ।

रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित : २० कार्तिक २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह