काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से १.८८ अंकले घटेर दुई हजार ६७५.५१ विन्दुमा पुगेको छ ।
आज बैंकिङ २, उत्पादन २०, माइक्रोफाइनान्स ४, जीवन बीमा १८, अन्य २, होटल तथा पर्यटन ५१ र निर्जीवन बीमा उपसमूह ११७ अंकले घटेको छ । त्यस्तै, विकास बैंक ३८, ब्यापार उपसमूह १०, फाइनान्स २७ र हाइड्रोपावर उपसमूह १५ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै कुथेली बुकरी हाइड्रोपावरको सेयर ९.५५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज नारायणी डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३२० कम्पनीको एक करोड १६ लाख कित्ता सेयर ५ अर्ब २२ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया