Logo

मुख्य समाचार

६२ अंकले बढेको सेयर बजारमा पौने १० अर्बको कारोबार


GDP नेपाल
   २५ कार्तिक २०८१, आइतबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ६२.५४ अंकले बढेर दुई हजार ७३८.०६ विन्दुमा पुगेको छ ।


आज बैंकिङ २४, विकास बैंक १४५, माइक्रोफाइनान्स ७५, जीवन बीमा २८६, अन्य ५२, होटल तथा पर्यटन ६५, निर्जीवन बीमा २५९, उत्पादन १६१, ब्यापार उपसमूह ४१, फाइनान्स ८६ र हाइड्रोपावर उपसमूह १४३ अंकले बढेको छ ।



आज सबैभन्दा धेरै गुँरास लघुवित्त, सिर्जनशील लघुवित्त, सुपर मादी हाइड्रोपावर, बलेफि हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, र समृद्धि फाइनान्स कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज सानिमा ग्रोथ फन्डको सेयर साढे ६ प्रतिशत भन्दा धेरैले घटेको छ ।


यस दिन ३२५ कम्पनीको दुई करोड २४ लाख कित्ता सेयर ९ अर्ब ७७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २५ कार्तिक २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह