Logo

बैंक / बिमा /शेयर

२५.७४ प्रतिशतले बढ्यो प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफा


GDP नेपाल
   २६ कार्तिक २०८१, सोमबार


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफा २५.७४ प्रतिशतले बढेको छ । पहिलो त्रैमाससम्ममा कम्पनीले १२ करोड ६२ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष कम्पनीले १० करोड ३ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीको खुद बिमा शुल्क आर्जन ४.१८ प्रतिशतले बढेर १ अर्ब १७ करोड २९ लाख ६० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले १ अर्ब १२ करोड ५८ लाख ५८ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । 

यस्तै, लगानी तथा कर्जाबाट हुने आम्दानी १२.८६ प्रतिशतले बढेर ३० करोड ४४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जीवन बिमा कोषको आकार ८.२३ प्रतिशतले वृद्धि भएर ११ अर्ब १३ करोड ३४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ६२ करोड २५ लाख रुपैयाँ रहेको छ ।असोज मसान्तसम्म कम्पनीले ३२ करोड ३५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरको छ।

असोज मसान्तसम्म आइपुग्दा प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको चुक्ता पुँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ३४ पैसा छ । 

प्रकाशित : २६ कार्तिक २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह