Logo

मुख्य समाचार

१४ अंकले घट्यो नेप्से, ७ अर्ब ९१ करोडको कारोबार


GDP नेपाल
   २८ कार्तिक २०८१, बुधबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से १४.१२ अंकले घटेर दुई हजार ७३४.८३ विन्दुमा पुगेको छ ।


आज बैंकिङ २१, माइक्रोफाइनान्स १९, जीवन बीमा १६२, अन्य १७, उत्पादन ६८, होटल तथा पर्यटन ४, निर्जीवन बीमा १६७ र ब्यापार उपसमूह ५९ अंकले घटेको छ ।
त्यस्तै, विकास बैंक ८०, फाइनान्स १५१ र हाइड्रोपावर उपसमूह २८ अंकले बढेको छ ।


आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सम्पकोशी डेभलपमेन्ट बैंक, सिर्जनशील लघुवित्त मकर जीतुमाया सुरी हाइड्रोपावर, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ ।



यस दिन ३०८ कम्पनीको एक करोड ५३ लाख कित्ता सेयर ७ अर्ब ९१ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २८ कार्तिक २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह