Logo

मुख्य समाचार

सेयर बजारमा दोहोरो अंकको वृद्धि, १० अर्बको कारोबार


GDP नेपाल
   २९ कार्तिक २०८१, बिहिबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से १३.९५ अंकले बढेर दुई हजार ७४८.७८ विन्दुमा पुगेको छ ।



आज बैंकिङ ६, विकास बैंक ६७, माइक्रोफाइनान्स ३९, अन्य १३, होटल तथा पर्यटन ६४ र हाइड्रोपावर उपसमूह ४७ अंकले बढेको छ । त्यस्तै, आज जीवन बीमा ४, उत्पादन २१, निर्जीवन बीमा ११, फाइनान्स ३ र ब्यापार उपसमूह २२ अंकले घटेको छ ।

आज गुँरास लघुवित्त, स्वाभिमान लघुवित्त र अपर हेवाखोला हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज रावा इनर्जी डेभलपमेन्टको सेयर झण्डै साढे ९ प्रतिशतले घटेको छ ।


यस दिन ३२१ कम्पनीको दुई करोड १६ लाख कित्ता सेयर १० अर्ब ३२ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २९ कार्तिक २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह