Logo

बैंक / बिमा /शेयर

आइएमई लिमिटेडले आइपीओ जारी गर्ने, बोलायो साधारण सभा


GDP नेपाल
   २ मंसिर २०८१, आइतबार


काठमाडौँ । आइएमई लिमिटेडले आइपीओ प्रस्ताव सहित मंसिर २४ गते २४ औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, आइएमई कम्प्लेक्स पानीपोखरीमा अपरान्ह ४ बजे सभा बोलाएको हो ।

सभामा आइपीओ जारी गर्ने प्रस्ताव र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिनेछ ।

साथै, गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समिति चयन गर्ने र लाभांश वितरण गर्ने लगायतका एजेण्डाहरू पनि समावेश छन्।

प्रकाशित : २ मंसिर २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह