Logo

Banner-news

हेलिकप्टर एशोसिएसन खोलेका रामेश्वर थापा वायुसेवा संचालक संघमा फर्किए


GDP Nepal
   १४ भाद्र २०७६, शनिबार


काठमाडौं । निजी क्षेत्रका वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपाल(एओएएन)को १९ औं वार्षिक साधारण सभाले संघले सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यसअघि पनि पटकपटक संघको अध्यक्ष भइसकेका थापा पछिल्लो समय हेलिकप्टर एशोसिएसन स्थापना गरेर त्यसको नेतृत्वमा थिए ।

रामेश्वर थापा

सिम्रिक एयरका थापाको अध्यक्षतामा आयोनको प्रथम उपाध्यक्षमा यति एयरलाइन्सका अनोज रिमाल, द्वितिय उपाध्यक्षमा सौर्य एयरलाइन्सका गोपाल भट्टराई र महासचिवमा समिट एयरका मनोज कार्की चयन भएका छन् ।

यस्तै, सचिवमा मनाङ्ग एयरका राजु न्यौपाने र कोषाध्यक्षमा बुद्ध एयरका रुपेश जोशी निर्वाचित भएको जनाइएको छ ।

संघको सदस्यमा समिट हेलिकप्टर्सका क्या. दिपक जे.वि. राणा, हेली एभरेष्टका योगराज कंडेल शर्मा, एयर डाइनेष्टि हेलि सर्भिसेजका बालकृष्ण पण्डित, अल्टिच्यूड एयरका निमा नुरु शेर्पा, कैलाश हेलिकप्टरका बरुण ज्ञवाली, प्रभू हेलिकप्टरका सुवास अमात्य, र सिम्रिक एयरलाइन्सका प्रज्वल थापा निर्वाचित भएका छन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजी क्षेत्रको हवाई सेवा सुविधा विस्तार हुँदै गए पनि जुन तहको प्रगति गर्नुपर्ने थियो त्यो अझै नभएको आंैल्याए । निजी क्षेत्रलाई सकारात्मक रुपमा हेरिरहेको उल्लेख गर्दै भट्टराईले कुनै पनि निजी वायुसेवा धरासायी नहुने र सबै वायुसेवालाई सरकारले समान व्यवहार गर्ने प्रतिबद्धता जनाए ।

नवनिर्वाचित अध्यक्ष क्या. थापाले स नेपाल भ्रमण वर्ष २०२० सफलबनाउन सहयोग गर्ने र सरकारी निकायसँगआवश्यक समन्वय, समर्थन तथा सहकार्य गर्ने प्रतिवद्धता व्यक्तगर्दै भ्रमण वर्ष सफलबनाउन सरकारी निकायतथा भ्रमण वर्ष सचिवालयसँगआवश्यक सहकार्य गर्न पनितयार रहेको बताए ।

प्रकाशित : १४ भाद्र २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह