काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ४.९८ अंकले बढेर दुई हजार ७५३.७६ विन्दुमा पुगेको छ ।
विकास बैंक ३४, माइक्रोफाइनान्स ६६, अन्य २, होटल तथा पर्यटन १५३, हाइड्रोपावर ३०, जीवन बीमा २९ र ब्यापार उपसमूह ८ अंकले बढेको छ । त्यस्तै, बैंकिङ ३, उत्पादन ७९, निर्जीवन बीमा ९२ र फाइनान्स उपसमूह ६१ अंकले घटेको छ ।
आज उन्नती सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त र अपर हेवाखोला हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज समृद्धि फाइनान्स र गुँरास लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन ३२६ कम्पनीको दुई करोड ४४ लाख कित्ता सेयर ११ अर्ब ७२ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया