Logo

Banner-news

जापानमा रोजगारी अन्ततः हल्लामात्रै बढी


GDP Nepal
   १६ भाद्र २०७६, सोमबार


काठमाडौं । जापानमा नेपालीलाई रोजगारी अन्ततः प्रचारवाजीमै सीमित हुने देखिएको छ । जापानको मापदण्डअनुसार नगण्य संख्यामा मात्रै नेपाली जापान जान पाउनेछन् ।

जापान सरकारले कामदारको दक्षता र भाषा ज्ञानलाई उच्च प्राथमिकतामा राखेको छ । सोही कारण नेपालबाट केयरगिभरमा न्यून संख्यामा मात्र कामदार पठाउनसकिने सरकारी अधिकारीहरुले जनाएका छन् ।

जापानले कामदारहरु उच्च दक्ष हुनुपर्ने र भाषामा समेत पोख्त हुनुपर्ने जनाएको छ । यस्तो मापदण्ड बनाएपछि नेपाली युवा रोजगारीका लागि जापान जान पाउने कममात्रै सम्भावना देखिएको छ । नेपालले रोजगार गन्तव्यमा अदक्ष र अर्धदक्ष कामदारमात्र पठाउँदै आएको छ ।

जापानले १४ वटा विभिन्न क्षेत्रबाट नेपालसहित ९ देशका श्रमिक लिने जनाइएको थियो । जापानले नेपाली श्रमिकको परीक्षा कात्तिकमा गर्ने भएको छ । यद्यपि, कति नेपालीलाई केयरगिभरमा लैजाने भन्ने संख्या भने तोकिएको छैन ।
जापानले विदेशी श्रमिक लिनका लागि छनोट गरेको देशमा नेपालमा दक्षिण एशियाबाट एकमात्र देश हो ।
जापानले ९ राष्ट्रबाट क्रमशः नर्सिङ क्षेत्रमा ६० हजारभन्दा बढी विदेशी कामदार लैजाने जनाउँदै आएको छ । जापानमा वृद्धवृद्धाको संख्या बढ्दै गइरहेका कारण विदेशबाट केयरगिभर र नर्सको माग क्रमस उच्च हुने सरकारी अनुमान छ ।

प्रकाशित : १६ भाद्र २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह