काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ३१.३१ अंकले घटेर दुई हजार ६८०.४४ विन्दुमा पुगेको छ ।
बैंकिङ १३, विकास बैंक ८४, फाइनान्स १०५, होटल तथा पर्यटन ११९, हाइड्रोपावर ३२, माइक्रोफाइनान्स ३५, ब्यापार ३४, अन्य ३४, जीवन बीमा १८१, उत्पादन १०६ र निर्जीवन बीमा उपसमूह १५० अंकले घटेको छ ।
आज जानकी फाइनान्सको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज सामूदायीक लघुवित्त र थ्री स्टार हाइड्रोको सेयर गूँरास लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३१४ कम्पनीको एक करोड ८४ लाख कित्ता सेयर ८ अर्ब २५ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया