Logo

Banner-news

दसैंको टिकट बुकिङमा व्यवसायीद्वारा बर्सेनि बार्गेनिङ, सरकार निरिह !


GDP Nepal
   २० भाद्र २०७६, शुक्रबार


काठमाडौं । दसैं सुरु हुन तीनसाता मात्र बाँकी छ तर राजधानीबाट बाहिरिने २५ लाख यात्रुका लागि टिकट बुकिङ अझै खुल्न सकेको छैन । विगतका वर्षहरुमा जस्तै व्यवसायीले यस वर्ष पनि सरकारसँग बार्गेनिङ गरिरहेका छन् र बार्गेनिङको विषय बनेको छ– सवारी भाडा वृद्धि ।

दसैंका बेला भाडा बढाउने निर्णय सर्वाधिक अलोकप्रिय कदम हो भन्ने सरकारले बुझेको छ । तर, व्यवसायीहरु भने यही बेला आफ्ना माग पूरा गराइछाड्न टिकट बुकिङलाई हतियार बनाइरहेका छन् । सिन्डिकेट अन्त्य भइसकेको बताइए पनि व्यवसायीले संस्थागत रुपमा पुरानै शैलीमा सरकारसँग बार्गेनिङ गरिरहेका छन् ।

दसैंको अग्रिम टिकट बुकिङ गर्ने विषयमा तीन दिनअघि यातायात व्यवसाय राष्ट्रिय महासंघ र सरकारबीच बसेको बैठक एक सातापछि पुनः बस्ने गरी स्थगित भएको छ । यातायात व्यवस्था विभागमा बसेको बैठकमा यातायात व्यवसायीहरूले आवश्यक कार्यहरू पूरा गरी एक सातापछि टिकट बुकिङको मिति निर्धारण गर्ने बताइएको छ ।

यातायात व्यवसायीहरूले भदौ २५ गते पुनः बैठक बसेर टिकट बुकिङबारे निर्णय गर्ने जनाएका छन् । यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ खोल्नु अगाडि सार्वजनिक यातायातमा वैज्ञानिक भाडा हुनु पर्ने माग राखेका छन् ।

नेपालमा बैकहरूको तरलताको कारण र नेपालको यातायात क्षेत्रको संकटकालको कारण नयाँ सवारी आउन नसकेको उनीहरुको तर्क छ ।

प्रकाशित : २० भाद्र २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह