Logo

मुख्य समाचार

झण्डै १० अंकले घट्यो सेयर बजार, ८ अर्ब ८३ करोडको कारोबार


GDP नेपाल
   १६ मंसिर २०८१, आइतबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ९.९९ अंकले घटेर दुई हजार ७३८.०६ विन्दुमा पुगेको छ ।

बैंकिङ २२, फाइनान्स १०७, हाइड्रोपावर ४०, माइक्रोफाइनान्स ४७, अन्य २७, निर्जीवन बीमा १, जीवन बीमा १८४ र उत्पादन उपसमूह ३९ अंकले घटेको छ ।
त्यस्तै, आज विकास बैंक २६५, होटल तथा पर्यटन २०, र ब्यापार उपसमुह ३८३ अंकले बढेको छ ।



आज जानकी फाइनान्स कम्पनीको सेयर सबैभन्दा धेरै १० १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज बिशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३१४ कम्पनीको एक करोड ६७ लाख कित्ता सेयर ८ अर्ब ८३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १६ मंसिर २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह