Logo

अर्थनीति

चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने


GDP नेपाल
   १९ मंसिर २०८१, बुधबार


काठमाडौं । चीनले नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीचको भेटवार्ताका क्रममा सीले नेपाललाई ५०० मिलियन आरएमबी (करिब नौ अर्ब) रुपैयाँ अनुदान दिने घोषणा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रधानमन्त्री ओली र सी बीच बेइजिङमा मंगलबार दिउँसो द्विपक्षीय भेटवार्ता भएको थियो ।
भेटका क्रममा चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने पनि बताएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।


भेटका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई सन् २०२५ मा नेपाल भ्रमण गर्न नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट निम्तो पनि दिएका छन् ।

प्रकाशित : १९ मंसिर २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह