काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले गौतमलाई सीईओमा नियुक्त गरेको हो ।
वित्तीत तथा बीमा क्षेत्रका अनुभवी गौतमको नेतृत्वमा कम्पनीले उल्लेख्य प्रगती गर्ने कम्पनी सञ्चालक समितिले विश्वास लिएको छ । हिमालयन इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्ज हुनुभन्दा पहिला उनले एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतका रुपमा समेत काम गरिसकेका छन् ।
गौतम त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर हुन।
कम्पनीका तत्कालिन प्रमुख कार्यकारी अधिकृत श्रवण रावललेको निधन पश्चात कम्पनीका महाप्रबन्धक डोरिन्द्रराज दाहालले निमित्त कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी बहन गरेका थिए ।
प्रतिक्रिया