काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ४५.९३ अंकले घटेर दुई हजार ६८९ विन्दुमा पुगेको छ ।
बैंकिङ २६, विकास बैंक ६१, फाइनान्स ६१, होटल तथा पर्यटन १२४, अन्य १६, हाइड्रोपावर ७१, माइक्रोफाइनान्स ७६, उत्पादन २१, निर्जीवन बीमा १०९, जीवन बीमा ४२३ र ब्यापार उपसमूह १०८ अंकले घटेको छ ।
आज मानुषी लघुवित्त, लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र जोशी हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज खानीखोला हाइड्रोपावरको सेयर झण्डै १० प्रतिशतले बढेको छ ।
यस दिन ३२१ कम्पनीको एक करोड ७३ लाख कित्ता सेयर ७ अर्ब ४६ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया