काठमाडौं । संखुवाखोला जलविद्युत परियोजनाका लगानी लगानी सुनिश्चित भएको छ । ४१.०६ मेगावाट क्षमताको उक्त परियोजनाका लागि सिटिजन्स बैँक इन्टरनेसनल लि.को अगुवाईमा एभरेष्ट बैंक लि., नेपाल एस.बि.आइ बैंक लि. र सानिमा बैँक लि। सहित ४ बैँकहरुले ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी सम्झौता भएको छ ।
प्रवर्द्धक कम्पनी गुरास हाईड्रो लिमिटेड एवं लगानीकर्ता बैँकहरुबीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ ।
परियोजना कोशी प्रदेशको संखुवासभा जिल्ला, सिलिचोङ गाउँपालिका र भोजपुर जिल्ला, साल्पा सिलिचाछो गाउँपालिकमा निर्माण हुनेछ ।
परियोजनाको अनुमानित लागत करिब रु. ८ अर्ब २० करोड मध्ये बैंकहरुले ७५ः२५ को ऋणः स्वपुँजी अनुपातमा रु.६ अर्ब १५ करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैंक लि.बाट रु. २ अर्ब ९० करोड, एभरेष्ट बैंक लि.बाट रु. १ अर्ब २५ करोड, नेपाल एस.बि.आइ. बैंकबाट १ अर्ब २५ करोड र सानिमा बैँक लि। बाट रु. ७५ करोड लगानी हुनेछ भने २५५ स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ ।
परियोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली
नेपाल विद्युत प्राधिकरणको संखुवासभा स्थित सित्तलपाटी सब स्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ७५.०४१ गिगावाट घन्टा र वर्षायाममा १६५.८८८ गिगावाट गरी वार्षिक २४०.९२९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई बोल्दै सिटिजन्स बैँकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सिटिजन्स बैंकले स्थापना कालदेखि नै एकल लगानीका साथै आफ्नो अगुवाई, सह अगुवाई तथा अन्य बैंकहरुसँगको सह वित्तीयकरण कर्जा मार्फत जलविद्युत लगायत हरित उर्जा क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको बताए ।
बैंकिङ क्षेत्र एवं स्वतन्त्र उर्जा उत्पादकहरुको संयुक्त लगानीबाट धेरै आयोजनाहरुको निर्माण भई संचालनमा आएका कारण देशको समग्र उर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेको उनले बताए ।
हालसम्म निर्माण सम्पन्न भएका १२४.५४१ मेगावाट क्षमताका १३ वटा आयोजना र निर्माणाधिन ५१६.५७४ मेगावाट क्षमताका १६ वटा आयोजना सहित जम्मा ६४१.११५ मेगावाट क्षमताका २९ वटा आयोजनामा सिटिजन्स बैंकको लगानी छ । सिटिजन्स् बैंकले हालसम्म १५ वटा हाइड्रो पावर आयोजनामा अगुवा बैंक, २ वटा हाइड्रोपावर आयोजनामा सह अगुवा बैंक, ९ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंक रुपमा र ३ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी छ ।
प्रवर्द्धक कम्पनी गुरास हाईड्रो लिमिटेडका तर्फबाट अध्यक्ष शिवप्रसाद घिमिरेले आगामी चार वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र हालसम्म नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरी सकिएकोले आयोजना तत्काल निर्माण शुरु गरि समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया