काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ६.३२ अंकले घटेर दुई हजार ६६९.८२ विन्दुमा पुगेको छ ।
बैंकिङ २, विकास बैंक ३०, फाइनान्स २३, हाइड्रोपावर ११, जीवन बीमा १३१, निर्जीवन बीमा २५ र अन्य उपसमूह ०.१६ अंकले घटेको छ । त्यस्तै, होटल तथा पर्यटन १९, माइक्रोफाइनान्स ६, उत्पादन २२ र ब्यापार उपसमूह १४ अंकले बढेको छ ।
आज एनआरएन इन्फ्रास्ट्रचरको सेयर सबैभन्दा धेरै ८.६४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज जोशी हाइड्रोपावरको सेयर साढे ७ प्रतिशत भन्दा धेरैले बढेको छ ।
यस दिन ३०३ कम्पनीको ८७ लाख कित्ता सेयर ४ अर्ब ४१ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया