Logo

मुख्य समाचार

सेयर बजारमा ३३ अंकको गिरावट, ६ अर्बको कारोबार


GDP नेपाल
   २७ मंसिर २०८१, बिहिबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ३३.४२ अंकले घटेर दुई हजार ६८२.२९ विन्दुमा पुगेको छ ।


बैंकिङ २५, विकास बैंक ८९, फाइनान्स ८८, होटल तथा पर्यटन १३४, हाइड्रोपावर ३५, जीवन बीमा १८०, निर्जीवन बीमा ११९, माइक्रोफाइनान्स ३४, अन्य १९ र
ब्यापार उपसमूह ६२ अंकले घटेको छ । त्यस्तै, आज उत्पादन उपसमूह भने २६ अंकले बढेको छ ।


आज जानकी फाइनान्सको सेयर सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज त्रिशुली जलविद्युत कम्पनीको सेयर साढे ८ प्रतिशत भन्दा धेरैले बढेको छ ।


यस दिन ३०४ कम्पनीको एक लाख २३ लाख कित्ता सेयर ६ अर्ब १४ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २७ मंसिर २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह