Logo

बिजनेस होम

मुस्ताङमा भिजी मोटर्सको फास्ट चार्जिङ स्टेसन


GDP नेपाल
   २८ मंसिर २०८१, शुक्रबार


काठमाडौं । भिजी मोटर्सले ८,९९९ फिट उचाइमा कमर्सियल विद्युतीय सवारीसाधनको फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । नेपालका लागि एसआरएम (SRM) र जोलङ (Joylong) ब्रान्डका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक भिजी मोटर्स प्रालिले मुस्ताङको घरपझोङ गाउँपालिका, वडा नं. ४ जोमसोममा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो ।

उक्त स्टेसनको उद्घाटन मुस्ताङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले गरेका हुन् ।

उक्त चार्जिङ स्टेसनमा ३२ किलोवाट क्षमताको एउटा डीसी फास्ट चार्जर राखिएको छ । यसले ४५ मिनेट मै विद्युतीय सवारीसाधनको ब्याट्री फुल चार्ज गर्न सक्ने कम्पनीले जनाएको छ । यसबाट विद्युतीय सवारीसाधन लिएर मुस्ताङ पुग्ने यात्रु तथा मुस्ताङका विद्युतीय सवारी प्रयोगकर्तालाई सुविधा हुने अपेक्षा गरिएको छ ।

भिजी मोटर्सले एसआरएम र जोलङ ब्रान्डका विद्युतीय सवारी साधन आयात गरी विक्री वितरण गरिरहेको छ । एसआरएम एकपटकको फुल चार्जमा ३०० किलोमिटर कुद्ने भ्यान हो र यो ११ सिटर, २ सिटर र ५ सिटरमा उपलब्ध छ । एसआरएमका भ्यानहरु स्कुल, कलेज, कर्पोरेट हाउस, होटल, ट्राभल कम्पनी, अस्पताल, सरकारी निकाय, कमर्सियल ट्रान्सपोर्टर, नगरपालिका लगायतका लागि निकै उपयोगी छन् । एसआरएम भ्यानमा शक्तिशाली लिथियम ब्याट्री प्रयोग गरिएको छ ।

कम्पनीले जोलङको ईए४ ईए५ र ईए६ नेपाली बजारमा भित्र्याएको छ । जोलङ ईए५ १७ सिटको मिनी भ्यान हो । ६०.१ किलोवाट आवरको ब्याट्री रहेको यो भ्यानले एकपटकको चार्जमा ३०० किलोमिटर माइलेज दिन्छ । ईए६ २० सिटको भ्यान हो । यसमा ८६.१ किलोवाट आवरको ब्याट्री छ, जुन एकपटकको चार्जमा ४०० किलोमिटर कुद्छ ।

प्रकाशित : २८ मंसिर २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह