Logo

बैंक / बिमा /शेयर

पुसका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक, कुनको कति ?


GDP नेपाल
   ३० मंसिर २०८१, आइतबार


काठमाडौं । वाणिज्य बैंकहरुले पुस महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् ।

२० वाणिज्य बैंकहरुमध्ये १४ वटाले मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । त्यस्तै, ३ बैंकहरुले ब्याजदर घटाएका छन् भने ३ बैंकहरुको ब्याजदर बढेको छ । औसतमा पुस महिनाको लागि वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ०.०५ प्रतिशत बिन्दुले बढेर ६.०२ प्रतिशत निर्धारण भएको छ ।

पुसमा सबैभन्दा बढी ब्याज दिने बैंक एनआईसी एशिया रहेको छ। यस बैंकले अधिकतममा ६.६ प्रतिशत ब्याज दिने भएको छ। यद्यपि, बैंकको ब्याजदर मंसिरको तुलनामा ०.१९ प्रतिशतविन्दु घटेको हो।

त्यस्तै, सबैभन्दा कम ब्याज दिने बैंकमा लक्ष्मी सनराइज रहेको छ। सो बैंकले पुस महिनामा अधिकतममा ५.५ प्रतिशत ब्याज दिने भएको छ।

प्रकाशित : ३० मंसिर २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह