काठमाडौँ । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफबाट सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश गरी कूल ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।
प्रतिक्रिया