Logo

अर्थनीति

कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित



GDP नेपाल
   १ पुस २०८१, सोमबार


काठमाडौं । सोमबारका लागि तोकिएको अर्थ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ । सुरक्षित कारोवार (पहिलो संशोधन) विधेयकमा छलफल गर्न बोलाइएको बैठक गणपुरक संख्या नपुगेर स्थगित भएको हो ।


समिति सभापति सन्तोष चालिसेका अनुसार सांसदहरूको उपस्थित नहुँदा विधेयकमा छलफल चलाउन नसकिएको हो ।


‘कोरम पुर्याउनका लागि १२ जनाको उपस्थित हुनुपर्ने थियो तर हामी १० जना मात्रै भयौँ । २ जना पुगेन । त्यसैले बैठक स्थगित गरिएको हो ।’ सभापति चालिसेले भने, ‘सांसद ज्यूहरु, सचिवज्यूहरु आउनु भएको थियो । अर्थमन्त्री विष्णु पौडेल पनि ११ बजेको बैठकका लागि आउनु भएको थियो । तर, ११ बजे बैठक नहुने भएपछि मैले उहाँलाई बिदा दिए ।’

प्रकाशित : १ पुस २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह