Logo

अर्थनीति

अर्थमन्त्री पौडेल बैंककमा, क्षेत्रीय परामर्शमा गरे अध्यक्षता



GDP नेपाल
   २ पुस २०८१, मंगलबार


काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०२४ डिसेम्बर १७ र १८ मा बैंककस्थित संयुक्त राष्ट्र संघको सम्मेलन केन्द्रमा आयोजना हुने एसिया र प्रशान्त क्षेत्रको विकासका लागि वित्त पोषणसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्शको अध्यक्षता गरेका छन् ।


सोही क्रममा पौडेलले दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न एजेन्डा कार्यान्वयनमा भएको महत्त्वपूर्ण प्रगतिको बारेमा प्रकाश पारेका छन् ।


उनले विकासोन्मुख र अतिकम विकसित मुलुकले अहिले सामना गरिरहेको बजेट योजना, स्रोत विनियोजनमा दक्षता, प्रभावकारी आयोजना कार्यान्वयनका लागि क्षमता अभिवृद्धि र दिगो खर्च व्यवस्थापन प्रमुख चुनौती रहेको उल्लेख गरे ।


यस्तै, उनले विकासोन्मुख र अतिकम विकसित मुलुकले आफ्नो राजस्व परिचालन क्षमतामा सुधार ल्याउन विशिष्ट र स्पष्ट आन्तरिक राजस्व परिचालन नीति तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वयनको महत्त्वमा जोड दिएका छन् ।

प्रकाशित : २ पुस २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह