काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा आएको छ । इन्स्योरेन्सले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख २१ हजार ६५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु सक्नेछन् ।
सेयर भाउ बिक्रेताले तोके बमोजिम हुने छ ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरिद आवेदन नपरेमा भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया