Logo

बैंक / बिमा /शेयर

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा


GDP नेपाल
   ४ पुस २०८१, बिहिबार


काठमाडौं । सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुनेछ ।

यस्तै, कम्पनीले साधारण सभा र बुक क्लोज मिति पनि घोषणा गरेको छ । लाभांश वितरणसहितका एजेन्डाहरु पारित गर्न कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ । सभा होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, पुस ११ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : ४ पुस २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह