काठमाडौँ । कृषि विकास बैंकले १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर समेत गरि ७.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
यस्तै, बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिने जनाएको छ । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।
प्रतिक्रिया