Logo

बैंक / बिमा /शेयर

गार्डियन माइक्रो लाइफको आइपीओ बिक्री खुला


GDP नेपाल
   २१ पुस २०८१, आइतबार


काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बिक्री खुला भएको छ । इन्स्योरेन्सले आजबाट सर्वसाधारण लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।


नेपाल धितोपत्र बोर्डले इन्स्योरेन्सलाई प्रतिकित्ता १०० रुपैयाँका अंकित दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न अनुमति दिएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ ।

त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।
सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

यसमा पुस २१ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।


यो आइपीओमा कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

प्रकाशित : २१ पुस २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह