काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ८० अर्ब रुपैयाँ तान्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै आज फेरि ८० अर्ब रुपैयाँ तान्न लागेको हो ।
उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आज दिउँसो २ बजे हुने बैंकले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । जसको साँवा र ब्याज भुक्तानी मिति माघ ९ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।
बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् ।
प्रतिक्रिया