Logo

बैंक / बिमा /शेयर

एनआइसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २५ पुस २०८१, बिहिबार


काठमाडौं । एनआइसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको १९ करोड २२ लाख १० हजार ३५५ रुपैयाँ बराबरको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो ।

जसमा बैंकले सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख ९३ हजार ८२५ कित्ता सेयर लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम १५९ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

यस्तै, बैंकले सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता सेयरमा लगानीकर्ताले न्यूनतम २५३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

यसका साथै, नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयरमा लगानीकर्ताले न्यूनतम ७०३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

३ वटै कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरु माघ ४ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

प्रकाशित : २५ पुस २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह