काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से १८.१४ अंकले घटेर दुई हजार ६३५.०९ विन्दुमा पुगेको छ ।
बैंकिङ ६, विकास बैंक ११४, फाइनान्स ९१, हाइड्रोपावर १४, जीवन बीमा १४६, माइक्रोफाइनान्स ६३, उत्पादन ५९, अन्य ८, निर्जीवन बीमा ४३ र ब्यापार उपसमूह ३३ अंकले घटेको छ । त्यस्तै, आज होटल तथा पर्यटन उपसमूह भने ६६ अंकले बढेको छ ।
आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर सबैभन्दा धेरै ९.२३ अंकले घटेको छ । समग्रमा बजार घटेपनि आज बाराही हाइड्रोपावर र हिमालयन पावरको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३०८ कम्पनीको एक करोड ५७ लाख कित्ता सेयर ७ अर्ब ३० करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया